महेन्द्रनगर (पुनर्वास) । नेकपा एकीकृत समाजवादी कंचनपुरको नियमित दोस्रो पुर्ण बैठक पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । शनिबार पुनर्वास नगरपालिका–२, मोतीबस्ती स्थित सहिद भवनको सभाहलमा एकीकृत समाजवादीका कंचनपुर जिल्ला अध्यक्ष जिवनराज थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकले कृषकहरुका लागि रासायनिक मलखादको आपूर्ति सहज गर्न सरकारका निकायमा पहल गर्ने र भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण कार्य छिटो, सर्वसुलभ र न्युन राजश्व लिई गर्न भुमि आयोगमा पहल गर्ने भनि दुई महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा पुनर्वास नगरपालिकामा फागुन महिना भित्र नगर कमिटी गरिसक्ने, आउँदो स्थानीय चुनावमा पार्टीलाई सफल बनाउन सक्रिय तरिकाले पार्टीका हितमा लाग्न सम्पुर्ण कार्यकर्तालाई निर्देशन दिइएको छ ।
.gif)