शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

जबर्जस्ती करणी आरोपमा बैतडीमा स्वास्थ्यचौकी इन्चार्ज पक्राउ


पश्चिम प्रेस
बिहीबार , भदौ २० २०८१
  • 592
    Shares

  • images
    images
    जबर्जस्ती करणी आरोपमा बैतडीमा स्वास्थ्यचौकी इन्चार्ज पक्राउ

    बैतडी । बैतडीमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक स्वास्थ्यचौकीका इन्चार्ज पक्राउ परेका छन्।

    जिल्लाको सिगास गाउँपालिका–२ मा रहेको गाँजरी स्वास्थ्य चौकीका प्रमुख, ४१ वर्षीय जनकसिंह धामी  पक्राउ परेका हुन्।

     ३१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बिहीवार पक्राउ गरेको प्रहरीले जनाएको छ। पीडित युवतीले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

     घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस