सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको दोदा नदीमा जलसतह सतर्कता तह पार


पश्चिम प्रेस
बिहीबार , भदौ २७ २०८१
  • 399
    Shares

  • images
    images
    कञ्चनपुरको दोदा नदीमा जलसतह सतर्कता तह पार

     महेन्द्रनगर । कञ्चनपुरस्थित दोदा नदी बिहीबार बिहान सतर्कता तह पार भएको छ । दोदा ९मछेली० नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

    नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    “भदौ २७, बिहान ६ः३० बजे । कञ्चनपुर जिल्लास्थित दोदा ९मछेली० नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदीतटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले साँझसम्मै उच्च सतर्कता अपनाऔँ,” विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस