सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

नेकपा भिमदत्तले गर्यो सहिद परिवारलाई सम्मान


पश्चिम प्रेस
आइतबार, फागुन २२ २०७८
  • 554
    Shares

  • images
    images
    नेकपा भिमदत्तले गर्यो सहिद परिवारलाई सम्मान

    महेन्द्रनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर समिति,कञ्चनपुर द्वारा जनयुद्ध का क्रममा सहादत प्राप्त गर्ने नगर भित्रका महान ८ सहिदहरु कमरेड निर्मला सुनार, तेज वहादुर कार्की , प्रित वहादुर बिष्ट ,राम प्रसाद डगौरा,रामकृष्ण डगौरा,जय वहादुर चन्द,कलविर सार्की ,शशी कुमार डगौरा सहिद परिवारहरुका घरघरमा पुगेर  अभिनन्दन पत्र ,फलफुल र दोसल्ला ओढाएर  सम्मान गरेको कुरा नेकपा भिमदत्त नगर सचिव दिपेन्द्र ऐरी ले बताएका छन,उक्त अभिनन्दन कार्यक्रम मा पार्टी कञ्चनपुर जिल्ला पुर्व सचिव राजेन्द्र विष्ट,अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष र पार्टी जिल्ला समित सदस्य पुष्कर भण्डारि लगायतका नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस