सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महाकाली र कर्णाली नदीले पार गर्यो खतराको तह


पश्चिम प्रेस
शुक्रबार, भदौ २८ २०८१
  • 487
    Shares

  • images
    images
    महाकाली र कर्णाली नदीले पार गर्यो खतराको तह

    काठमाडौं । बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण ठूला नदीहरुमा सतह बढेको छ । महाकाली, कर्णाली र बबई नदीमा बाढी उर्लिएको छ । यी तीनवटै नदीको बाढीले खतराको तह पार गरेका छन् ।

    डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीको बाढीको सतह ८.७६ मिटर पुगेको छ । यो केन्द्रमा खतराको तह ६.५ मिटर हो ।

    यसैगरी कञ्चनपुरको दोदा केन्द्रका अनुसार महाकाली नदीको बाढी ४.२ मिटर पुगेको छ । यहाँ बाढीको सतह ४ मिटर पुगेपछि खतराको मानिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दोदा केन्द्रमा महाकाली नदीको बाढीको सतह घट्दो क्रममा छ ।

    यसैगरी महाकाली डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा भने जलसतह सतर्कताको तह पार परेको छ । यहाँ सतर्कताको तह ६.८० मिटर र खतराको तह ८ मिटर मानिन्छ । यो समाचार तयार पार्दासम्म महाकालीको दोदा केन्द्रमा बाढीको सतह ७.३२ मिटर पुगेको छ ।

    यसैगरी बर्दियाको चेपाङ केन्द्रका अनुसार बबई नदीको बाढीको सतह ७.२ मिटर पुगेको छ । यो केन्द्रमा बबईको बाढीको सतह ६.८० पुगेपछि खतरा मानिन्छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस