सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो


पश्चिम प्रेस
शुक्रबार, भदौ २८ २०८१
  • 656
    Shares

  • images
    images
    सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि बढेको छ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो।

    बिहिबार दिन भने छापावाला सुनको मूल्य प्रतितोला १  लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो। आज चाँदीको मूल्य पनि बढेको छ। 

    चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेपछि यसको असर नेपाली बजारमा परेको हो।

     


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • प्रतिक्रिया दिनुहोस