सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा बाढीको उच्च जोखिम,सतर्कता अपनाउन प्रशासनको आग्रह


पश्चिम प्रेस
शुक्रबार, भदौ २८ २०८१
  • 445
    Shares

  • images
    images
    कञ्चनपुरमा बाढीको उच्च जोखिम,सतर्कता अपनाउन प्रशासनको आग्रह

    महेन्द्रनगर । कञ्चनपुरमा लगातारको वर्षापछि नदीहरुमा जलस्तर खतराको तह पार गरेको छ । 
    वर्षा नरोकिएका कारण नदीमा जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता र पूर्व तयारी अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब उच्च छ । पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक छ । प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाब ३ लाख ५१ हजार क्युसेक पुगेको छ । महाकाली नदीले दोधारा चाँदनीको जोगबुढा नदी र कञ्चनपुरको भुजेला खोला थुनेका कारण बस्तीहरु डुबानमा परेका छन ।  


  • सम्बन्धित विषय:

  • # बाढीको उच्च जोखिम
  • प्रतिक्रिया दिनुहोस