सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

उर्लंदो महाकालीमा दाउरा खोज्दा १८ वर्षिय किशोरले गुमाए ज्यान


पश्चिम प्रेस
आइतबार, भदौ ३० २०८१
  • 385
    Shares

  • images
    images
    उर्लंदो महाकालीमा दाउरा खोज्दा १८ वर्षिय किशोरले गुमाए ज्यान

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा बगेर एक किशोरको मृत्यु भएको छ । शनिबार महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा बगेर भीमदत्त नगरपालिका –१२ का १८ वर्षीय सौरभ दमाइको मृत्यु भएको हो ।

    नदीमा बगेर बेपत्ता सौरभको दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

    उनी सँगै दाउरा संकलन गर्न गएका सोही ठाउँका १५ वर्षीय अबि दमाइ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले बताए । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।


    प्रतिक्रिया दिनुहोस