सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

गड्डाचौकीबाट लागूऔषधसहित २ युवक पक्राउ


पश्चिम प्रेस
शुक्रबार, असोज ४ २०८१
  • 323
    Shares

  • images
    images
    गड्डाचौकीबाट लागूऔषधसहित २ युवक पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल भारत सिमानाबाट भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र भीमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय रहेका छन् ।  

    दुबै जनालाई ० दश्मलव ९५ खैरो हिरोइन र पुरोक्सोइन स्पास लेखिएको ११ वटा क्याप्सुलसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

     


  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • प्रतिक्रिया दिनुहोस