सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

गोर्खा मिडियाबाट जीबी राईभन्दा धेरै तलब लिन्थे रवि लामिछाने


पश्चिम प्रेस
शुक्रबार, असोज ४ २०८१
  • 512
    Shares

  • images
    images
    गोर्खा मिडियाबाट जीबी राईभन्दा धेरै तलब लिन्थे रवि लामिछाने

    काठमाडौँ । गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रबन्ध निर्देशक रवि लामिछानेले एक करोड रुपैयाँभन्दा बढी तलब लिएको पाइएको छ ।

    सहकारीको करोडौं रकम हिनामिनामा गठित विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको पाइएको हो । उनले आर्थिक वर्ष २०७८र७९ मा ७४ लाख ३६ हजार ५८७ र त्यसको अघिल्लो आवमा ३० लाख रुपैयाँ तलबबापत लिएका थिए । गोर्खा मिडियामा उनी १ माघ २०७७ देखि १ असार २०७९सम्म आवद्ध थिए ।

    तर हाल फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने २०७८/७९ मा मात्र ३० लाख तलब लिएको समितिको प्रतिवेदनमा उल्लेख छ । यसरी राईभन्दा बढी लामिछानेले तलब लिएको देखिन्छ ।

    सहकारी ठगीको आरोप लागेका राई हाल फरार छन् भने रास्वपा सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

    विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा ६५ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर भएको तथ्य समितिले खुलासा गरेको छ ।

    गोर्खा मिडिया नेटवर्कमा तलबबापत २ आर्थिक वर्षमा १४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

    यस्तो छ सहकारी छानबिन विशेष समितिको प्रतिवेदन

     


    प्रतिक्रिया दिनुहोस