काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुले विरोध जनाएका छन् । ३१ भदौमा प्रदेश सभामा भएको छलफलमा प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।
प्रदेश सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामी संसदमा बजेटप्रति असन्तुष्टि पोखेको सुनिए। अन्य प्रदेश भन्दा सुदूरपश्चिम प्रदेशको बजेटमा अराजकता देखिएको धामीले बताए।
मलाई मेरो पार्टीको जिल्ला कमिटिले निर्णय गर्दै योजना पार्न नसकेको भन्दै जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको पत्र पठाएको छ’, धामीले भने, ‘जनताले बजेट ल्याउने भूमिका सांसदको हो भन्ने बुझेका छन् । तर आफ्नै जिल्लामा कहाँबाट र कसरी योजना गए रु थाहा पाउन सकेको छैन ।’
धामीले बजेट कस्ले निर्माण गरिरहेको छ भन्दै प्रश्न समेत गर्न भ्याए। बजेट निर्माणमा सरकारको नियन्त्रण बाहिरको षड्यन्त्र कायमै रहेको उनले उल्लेख गरे।
तत्कालीन सरकारले ल्याएको र अहिलेको सरकारले ल्याएको कार्यक्रममा २० प्रतिशत बाहेक कुनै फरक नदेखिएको र बजेटमा भइरहेको अराजकताले प्रदेश संरचनाप्रति वितृष्णा बढेको उनको भनाइ छ ।
कैलाली र कञ्चनपुर केन्द्रीत बजेट भएको भन्दै सुदूर पहाडका कुनाकाप्चामा विकास निर्माणका लागि सरकारले बजेट नै नदिएको अक्कलबहादुर रावलले बताए। मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा बजेट केन्द्रीत गरेको उनको आरोप छ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक चक्रबहादुर मल्लले हतार हतारमा बजेट ल्याउनु पर्ने भएकाले सरकार प्रतिवद्धतामा चुकेको बताए। प्रदेश सरकारले जारी गरेको २५ बुँदे र ४ बुँदे अवधारणअनुसार बजेट नआएको उनको टिप्पणी छ।
.gif)