महेन्द्रनगर । शनिबार राति कञ्चनपुरमामोटरसाइकल दुर्घटना हुँदा दुई किशोर घाइते भएका छन्।
जिल्लाका भीमदत्त नगरपालिका–४, गोबरैयामा म २ प ६७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई किशोर घाइते भएका हुन्। दुर्घटनामा भीमदत्त नगरपालिका(४, गोबरैयाका १९ वर्षीय आशिष चन्द र सोही ठाउँका १८ वर्षीय पवन चन्द घाइते भएका छन्।
मोटरसाइकल चालक आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार अर्का घाइते पवनको अवस्थामा मध्यम छ। उनको पनि टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
महाकाली प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि दुवै घाइतेलाई राति नै धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार अहिले उनीहरुको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ।
.gif)