सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१र०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए।
छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका थिए। तर, आज (आइतबार) भने बजेट बहुमतले पारित भएको हो।
तत्कालिन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन नसकेपछि साउन १ गते देखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।
बजेट पास नभएपछि प्रदेश सरकारले उठाउने यातायात कर, लिखित पाससम्बन्धी कर, स्थानीय तहहरूले लिने मनोरञ्जन करलगायतको कर संकलन कार्य शून्य भएको थियो । जसकारण प्रदेश सरकारलाई दैनिक एक करोडको राजश्व घाटा व्यहोर्नु परेको थियो।
.gif)