शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

ममताका शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश


पश्चिम प्रेस
आइतबार, असोज ६ २०८१
  • 523
    Shares

  • images
    images
    ममताका शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश

    काठमाडौँ ।  अमेरिकाको भर्जिनियामा नेपाली चेली ममता भट्टको हत्या पश्चात शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश भएका छन् ।

    नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेपछि ‘मोसन हियरिङ’ राखिएको थियो । अहिलेसम्म शव नभेटिएकाले शंकाकै आधारमा नरेशलाई थुनामा राख्न नमिल्ने जिकिर उनका वकिलहरुले गरेका छन् । कोठाभित्र रगतको टाटा भेटिनुले मात्रै लाश लुकाएको पुष्टि नहुने उनीहरुको तर्क थियो । तर, सरकारी वकिलहरुले भने नरेशले हत्या गरेको बलिया प्रमाणहरु पेश गरेका छन् ।

    न्यायाधीशले नरेशलाई छोड्दा सिंगै नेपाली समुदाय असुरक्षित हुने, भाग्न सक्ने मात्र नभएर उनी स्वयम् पनि असुरक्षित बन्ने भन्दै धरौटी अपिल अस्वीकार गरेकी थिइन् । मोसन हियरिङमा इजालसभित्र ममताका समर्थकहरु खचाखच थिए । सरकारी वकिलहरुले दिएका प्रमाण र भिडियो फुटेजहरु अदालतमा देखाइँदा इजलासभित्र स्तब्धता छाएको थियो । नरेशका वकिलहरुले दाबी गरेजस्तो ममता कतै जीवित नै पो छिन् कि भन्ने झिनो आशा पनि समाप्त भएको नेपाली समुदायका अगूवाहरुले बताएका छन् ।

    ममता बेपत्ता भएपश्चात र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले थुप्रैपटक आफ्नो कारमा ठूल्ठूला झोला ९ट्र्यास ब्याग० हरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ । उनले कारबाट थैलोहरु झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो ।

    नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरु कारमा हालेर टाढा टाढा लगि व्यवस्थापन गरेका पाइउकाृ छ । एकपटक उनले पुराना लुगाहरु राखिने डोनेसन बक्समा समेत एउटा थैलो फ्याँकेका थिए । त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने म्याट रहेको पाइएको छ, जसमा रगत लत्पतिएको थियो । ट्रयास ब्यागहरु फ्याकेपश्चात उनले ती कन्टेनर उठाउने व्यवसायीहरुलाई फोन गरेर फोहोर उठ्यो कि उठेन भनेर समेत सोधेका थिए । यी कामहरु नरेशले जुलाई २९ र ३० मा गरेका हुन् ।  

    उनले आफनो घरको बेसमेन्टमा बहालमा बस्नेलाई बोलाएर बेडरुमको पलङ अर्को रुममा सारेको पनि पाइएको छ । नरेशले आफ्नो घर नजिकै कुखुरा फार्म कहाँ छ भनेर पनि गुगलमा सर्च गरेका छन् । यस्तै, मान्छेको मस्तिष्कको आकार कस्तो हुन्छ भनेर गुगल सर्च गरेको पनि भेटिएको छ ।

     प्रहरीले घरमा खानतलासी गर्न आउनु अगाडि नै लाशको व्यवस्थापन गरि घरभित्र पनि सबै सरसफाइ सिध्याएर बसेका थिए । हरेकपटक उनले थैलो समात्दाखेरि आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेका छन् । 

    यसअघि खानतलासीका क्रममा प्रहरीले शव पहिचान गर्ने कुकुर समेत लगेको थियो । उक्त कुकुर ममताको बेडरुम र वाथरुममा भुकेको थियो । ममतालाई नरेशले राति सुतिसकेपछि बेडरुममै हत्या गरेको र शव टुक्राटुक्रा पारेर थुप्रै झोलामा प्याक गरेको प्रमाणहरुले देखाएका छन् । घटनास्थलमा बगेको रगत बाथरुमबाट बगाइदिएका थिए । अर्को दिन केमिकलहरु ल्याएर कोठाहरु र वाथरुम सफा गरेकाको उल्लेख गरिउको छ ।


  • सम्बन्धित विषय:

  • # ममता
  • प्रतिक्रिया दिनुहोस