काठमाडौँ । इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले सोमबार लेबनानमा हिजबुल्लाहका १६०० ठाउँलाई लक्षित गरी हवाई हमला गरेको थियो। जसमा १० हजार रकेट नष्ट गरेको दाबी गरिएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा हालसम्म ४९२ जनाको ज्यान गएको जनाएको छ । जसमा ५८ महिला र ३५ बालबालिका रहेका छन् । हमलामा परी १ हजार ६ सय ४५ जना घाइते भएका छन् ।
अल जजीराका अनुसार सन् २००६ मा इजरायल(लेबनान युद्धपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो हमला हो। लेबनानमा सेप्टेम्बर २५ सम्मका लागि स्कूल र कलेजहरू बन्द गरिएको छ भने मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ।
आइडीएफले हिजबुल्लाहले दक्षिणी लेबनानका घरहरूमा मिसाइलहरू लुकाएर राखेको र लगभग एक वर्षदेखि इजरायलमा प्रहार गरिएको दावी गरेको छ।
.gif)