शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार युवकको मृत्यु


पश्चिम प्रेस
बुधबार, असोज ९ २०८१
  • 350
    Shares

  • images
    images
    कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार युवकको मृत्यु

    कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मंगबार राति भएको मोटरसाइकल दुर्घटनामा कैलारी गाउँपालिका–५ का १७ वर्षीय सागर विकको मृत्यु भएको हो।

    कैलार गाउँपालिका–५ मनिकापुरमा सोही ठाउँका १८ को जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। 

    दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका १७ वर्षीय विक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल लगिएको थियो।

    तर उपचारका क्रममा बुधबार बिहान ४ बजे विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल र यसका चालक १८ को जोनसोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • प्रतिक्रिया दिनुहोस