सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैंग्लोरमा नेपाली युवतीको निर्ममतापुर्वक हत्या गर्ने अभियुक्तले गरे आत्महत्या


पश्चिम प्रेस
बिहीबार , असोज १० २०८१
  • 1.2K
    Shares

  • images
    images
    बैंग्लोरमा नेपाली युवतीको निर्ममतापुर्वक हत्या गर्ने अभियुक्तले गरे आत्महत्या

    नयाँ दिल्ली ।  भारतको बैंग्लोरमा एक जना नेपाली युवतीको क्रूर हत्या गरेको अभियोग लागेका युवाले आत्महत्या गरेका छन् । 

    मुक्ति रञ्जन रोय नाम गरेका ती युवाले महालक्ष्मी नामकी नेपाली युवतीको हत्यागरी उनको शवलाई धेरै टुक्रा पारेर फ्रिजमा राखेको आरोप लागेको थियो । 
    प्रहरीले अभियुक्तको निरन्तर खोजी गरिरहेको थियो । तर सेप्टेम्बर २५ मा मुक्तीको शव ओडिशाको एउटा गाउँ नजिकै भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । पब्लिक र्वल्डको रिपोर्ट अनुसार मुक्ति रञ्जन ओडिशाको भद्रक जिल्लाको भुइनपुर गाउँ नजिकै मृत फेला परेका हुन् । 

    हत्यापछिबैंग्लोर प्रहरीले उनको विभिन्न राज्यमा खोजी गरिरहेको थियो । रिपोर्टका अनुसार रोयले एक सुसाइड नोट पनि छोडेका छन्, जसमा उनले हत्या स्वीकार गर्दै यो अपराध गरेर गल्ती गरेको लेखेका छन् ।

    ओडिशा पुलिसले उनीविरुद्ध पहिले नै अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिसकेको छ।  बैंग्लोरको विनायक नगरमा रहेको तीन तले घरमा उनले ती युवतीको हत्यागरी शव ३० टुक्रा पारेर फ्रिजमा राखेका थिए । 

    महालक्ष्मी २०२३ कात्तिकदेखि बसप्पा गार्डेन नजिकै पाँचौं क्रस पाइपलाइन रोडमा भाडाको घरमा बस्दै आएकी थिइन् । उनको विवाह हेमन्त दाससँग भएको थियो । उनीहरूको विवाह भएको ६ वर्ष भएको र उनीहरूको एक छोरी पनि छिन् । 

    तर, घरायसी विवादका कारण दुवै जना नौ महिनाअघिदेखि अलग बस्न थालेका थिए ।


  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • प्रतिक्रिया दिनुहोस