सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

पूर्वी नेपालमा अत्यधिक वर्षा


पश्चिम प्रेस
शुक्रबार, असोज ११ २०८१
  • 424
    Shares

  • images
    images
    पूर्वी नेपालमा अत्यधिक वर्षा

    काठमाडौँ ।  पूर्वी नेपालमा अत्यधिक वर्षा भइरहेको छ । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो ।

    नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । अहिलेसम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ ।

    सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थलमा भएको छ । चन्द्रगढी विमानस्थलमा झण्डै २९७।४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी गौरादहमा २३९, अनारमनीमा २३४, केचनामा २३०, बाहुनडाँगीमा १९२ मिलिमिटर वर्षा भएको छ । इलामको कन्काई माइचुलीमा २६८ मिलिमिटर वर्षा मापन भएको छ ।

    यसैगरी मोरङको बाहुनीमा १९७, विराटनगर विमानस्थलमा १९४ र सप्तरीको बरमझियामा १८८ मिलिमिटर वर्षा मापन भएको छ ।

    वर्षा क्रमशः पश्चिमतिर पनि बढ्दै गएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस