काठमाडौँ । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका छन्।
इन्टरपोलसँगको समन्वयमा उनी पक्राउ परेको र नेपाल ल्याउने प्रक्रिया अघि बढाइने नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए का छन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।
उनीहरूविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए ।
उनी विदेश भागेको आशंकापछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल ९इन्टरपोल०मार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।
.gif)