सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

पहिरोको उच्च जोखिम नारायणगढ-मुग्लिन सडकमा आजराति गाडी चलाउन रोक


पश्चिम प्रेस
शुक्रबार, असोज ११ २०८१
  • 392
    Shares

  • images
    images
    पहिरोको उच्च जोखिम नारायणगढ-मुग्लिन सडकमा आजराति गाडी चलाउन रोक

    काठमाडौँ । भारी वर्षाका कारण पहिरोको उच्च जोखिम रहेको भन्दै नारायणगढ(मुग्लिन सडकमा आजराति गाडी चलाउन रोक्ने निर्णय भएको छ। 

    जिल्ला सुरक्षा समितिको आजको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनकी सूचना अधिकारी अन्तिम सिंजालीले जानकारी दिइन्। 

    बिहानैदेखि पानी परिरहेको र रातिमा पानी बढ्ने सम्भावना रहेकाले मानवीय तथा भौतिक क्षति रोक्न सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको उनले बताइन्। उनका अनुसार आज बेलुका ७ बजेदेखि भोलि विहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइने र भोलिको वर्षाको अवस्था हेरेर अर्को निर्णय गरिने छ। 

    उनले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा क्षेत्रमा गाडी रोकिने जानकारी दिइन्। गएको असार २८ गते राति यही सडकखण्डको सिमलतालमा पहिरोले २ वटा बस बगाउँदा २४ जनाको मृत्यु भएको थियो भने ३८ जना बेपत्ता भएका थिए।

    पूर्वी नेपालमा शुक्रवार अपराह्णसम्म ३० घण्टादेखि अविरल वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षाका कारण देशभरि विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ।

    निरन्तर वर्षा भएकाले प्राकृतिक विपत्ति निम्तिन सक्ने भन्दै अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।

    पहाडी भेगमा शुक्रवार उडान हुन सकेन भने देशभरि विभिन्न राजमार्गहरू बाढी र पहिरोका कारण प्रभावित भएका छन्।


  • सम्बन्धित विषय:

  • # नारायणगढ-मुग्लिन सडक
  • प्रतिक्रिया दिनुहोस