शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

काभ्रेको बल्थलीमा पहिरोले गाउँ नै बगायो, ४ जना बेपत्ता


पश्चिम प्रेस
शनिबार, असोज १२ २०८१
  • 234
    Shares

  • images
    images
    काभ्रेको बल्थलीमा पहिरोले गाउँ नै बगायो, ४ जना बेपत्ता

    काभ्रे । काभ्रेको पनौती नगरपालिका-११ बल्थलीमा पहिरोले गाउँ नै बगाएको छ। निरन्तर वर्षाका कारण शुक्रबार राति पहिराले गाउँ नै बगाएको हो।

    शुक्रवार मध्यराति आएको पहिरोबाट जोगिन पीडितहरू भागाभाग गरे पनि ४ जना पहिरोमा पुरिएर बेपत्ता भएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जनाकारी दिए। 

    पहिरोमा परेर बेपत्ता हुनेमा स्थानीय अर्जुन भण्डारीका घरमा पाहुना लाग्न आएका व्यक्तिहरू रहेको नगर प्रमुख भण्डारीले जानकारी दिए।

    नगरप्रमुख भण्डारीका अनुसार स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ। रातको समय र निरन्तर पहिरो गइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ। उनका अनुसार उक्त गाउँमा ११ घर थिए। 


  • सम्बन्धित विषय:

  • # पहिरो
  • प्रतिक्रिया दिनुहोस