सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

स्यालका लागि थापेको पासोमा चितुवा फस्यो


पश्चिम प्रेस
शनिबार, असोज १२ २०८१
  • 488
    Shares

  • images
    images
    स्यालका लागि थापेको पासोमा चितुवा फस्यो

    बैतडी । बैतडीमा स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको छ । 

    जिल्लाको दशरथचन्द नगरपालिका –१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२ बजेतिर चितुवा परेको हो । 

    स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरुले स्यालका लागि पासो थापेका थिए । उक्त पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए । 

    पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ । पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली मगाउने काम भइरहेको प्रहरीले बताएको छ । 


  • सम्बन्धित विषय:

  • # पासोमा चितुवा
  • प्रतिक्रिया दिनुहोस