काठमाडौँ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा बेपत्ता भएका ६ जना बालकमध्ये ३ जनाको शव भेटिएको छ ।
शनिबार बिहान कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा पहिरोमा परेर ६ जना बेपत्ता भएका थिए ।
सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये ६ जना पहिरोमा परेर हराएका थिए । तीमध्ये तीन जनाको शव फेला परेको हुन् उनीहरूको सनाखत हुन बाँकी छ ।
.gif)