मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीको खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा


पश्चिम प्रेस
आइतबार, असोज १३ २०८१
  • 386
    Shares

  • images
    images
    कैलालीको खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा

    कैलाली । कैलालीको खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा परेको छ । धनगढी उपमहानगरपालिका–१७ धुरझन्ना र गोदावरी नगरपालिका–९ धनचौरी जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको हो । 

    नदीले धार परिवर्तन गरेपछि पुल जोखिममा परेको स्थानीयले जनाएका छन् । उनीहरूका अनुसार नदीले पूर्वतर्फ कटान गरिरहेको छ । कटानका कारण पूर्वतर्फ झोलुङ्गे पुल जोखिममा परेको छ । 

     पुल कटानको जोखिममा परेपछि स्थानीयले नदीबाट गिट्टी, बालुवा उठाउन दिएका छैनन् । सो नदीबाट धनगढी उपमहानगरपालिकाले रोयल्टी उठाउँदै आएको छ । तटबन्ध नगरिएमा विद्यालय, स्थानीयको खेतबारी कटान हुने स्थानीय बताउँछन् ।

    धनगढी उपमहानगरपालिकाले तटबन्ध नगरेसम्म नदीबाट गिट्टी, बालुवा उठाउन नदिने स्थानीयको अडान छ । धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले कटान नियन्त्रणका लागि जनताको तटबन्धसहित नयाँ योजनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए। 

    नदीले गरिरहेको कटान अनुगमन गर्दै उाले झोलुङ्गे पुल जोगाउनका लागि तत्काल नदीको धार परिवर्तन गर्न आवश्यक देखिएको बताए। 


    प्रतिक्रिया दिनुहोस