शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

पहिरोले एम्बुलेन्स बीचमै रोकिँदा २ बिरामीको मृत्यु : तीन दिनदेखि शव एम्बुलेन्समै


पश्चिम प्रेस
आइतबार, असोज १३ २०८१
  • 529
    Shares

  • images
    images
    पहिरोले एम्बुलेन्स बीचमै रोकिँदा २ बिरामीको मृत्यु : तीन दिनदेखि शव एम्बुलेन्समै

    काठमाडौँ ।  सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ।

    सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौं हिँडेका पाँच वटा एम्बुलेन्समध्ये दुईवटाका बिरामीको मृत्यु भएको हो।
    सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा बिहीवारदेखि बीचबाटोमै एम्बुलेन्स रोकिएको थियो। बाटोमा अलपत्र पर्दा अन्य तीनवटा एम्बुलेन्सका बिरामीको अवस्थासमेत नाजुक बन्दै गएको प्रहरीले जनाएको छ। 

    बीच बाटोमा नै एम्बुलेन्स रोकिएपछि कमलामाई नगरपालिका ४ मल्लागाउँ सिन्धुलीका एक जना करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र बर्दिवास नगरपालिका ८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो। 

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काका अनुसार भुजेलको शुक्रबार र सिँजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको हो।

    ब २१ च ७५२३ नम्बरको एम्बुलेन्स मार्फत लगिएको भुजेलको शरीरमा रगत कमी र दम बढेपछि सिन्धुली अस्पतालबाट थप उपचारका लागि काठमाडौं लगिँदै थियो। सिंजाली भने मृर्गौला पीडित थिए। सिजाँलीलाई महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स मार्फत उपचारका लागि काठमाडौं लगिँदै थियो।

    बाढी र पहिरोका कारण एम्बुलेन्सहरू बीचबाटोमै फसेपछि बिरामीको मृत्यु हुँदा आफन्तहरू समेत अफ्ठेरोमा परेका छन्।  बिरामीको समयमा उपचार हुन नसकेर मृत्यु भएको र मृ्त्यु भएपछि पनि समयमा शव निकाल्न नसक्दा एम्बुलेन्समै गनाउन थालेको एम्बुलेन्स चालकहरू बताउँछन्। 


  • सम्बन्धित विषय:

  • # पहिरो
  • # २ बिरामीको मृत्यु
  • प्रतिक्रिया दिनुहोस