काठमाडौँ । गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको उद्धार गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताए। खराव मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको थियो। काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ।
गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरूको उद्धारमा सेनाले लगातार हवाइ उद्धार गरिरहेको बताइएको छ ।
त्यसैगरी शनिबार काठमाडौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्धार गरिएको थियो।
.gif)