मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बुधबारदेखि फेरी वर्षाको सम्भावना


पश्चिम प्रेस
सोमबार, असोज १४ २०८१
  • 567
    Shares

  • images
    images
    बुधबारदेखि फेरी वर्षाको सम्भावना

    काठमाडौँ । बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना मौसम पूवानुमान महाशाखाले जनाएको छ । महहाशाखाका अनुसार पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन।

    बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपालतिर सर्दा बिहीबारदेखि शनिबार साँझसम्म लुम्बिनी प्रदेशसम्म भारी वर्षा भएको थियो।

    मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए। काठमाडौं उपत्यकाका ११ स्थानसहित देशभर २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको थियो।

    यस वर्ष मनसुन लम्बिने देखिएको छ। नेपालबाट असोज १६ (अक्टोबर २) मा मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनकाअनुसार मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना छ

    यस वर्षको मनसुनयाममा औसतभन्दा बढी वर्षा भइसकेको छ।


    प्रतिक्रिया दिनुहोस