सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा विद्यालयको बसबाट लडेर घाइते भएका बालकको मृत्यु


पश्चिम प्रेस
सोमबार, असोज १४ २०८१
  • 776
    Shares

  • images
    images
    कञ्चनपुरमा विद्यालयको बसबाट लडेर घाइते भएका बालकको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा विद्यालयको बसबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पुनर्वास नगरपालिका-५ का चक्र खातीका ८ वर्षीय छोरा करनको मृत्यु भएको हो ।

    उनी शुक्रबार साँझ पुनर्वास–३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै ओर्लिने क्रममा लडेर घाइते भएका थिए । पुनर्वास पोलिक्लिनिक र निसर्ग हस्पिटल धनगढीमा उपचारपछि भारत लगिएका उनको उपचारका क्रममा शनिबार राती मृत्यु भएको हो ।

    उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल महेन्द्रनगर राखिएको प्रहरीले जनाएको छ । बस र चालक पुनर्वास(५ का कमल थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थप गरिएको उनले बताए ।


  • सम्बन्धित विषय:

  • # बालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस