काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीका नवीन सिंह झ्याप्ले खोलाको पहिरोमा परेर निधन भएको छ। चितवनस्थित रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक गरिरहेका उनको पहिरोमा परेर मृत्यु भएको हो ।
पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका उनी अन्तिम वर्षको पढाइ सकेर डोल्पा जिल्लामा ओजेटी गरी रिपोर्ट बुझाउन क्याम्पस गएका थिए । नवीनका आफन्तका अनुसार आइतबार साँझ उनी चढेको गाडी पहिरोमा पुरियो ।
२५ वर्षीय नवीनको शव बुझ्न उनका बुवा नरेन्द्र सिंहलगायत आफन्तहरु काठमाडौँ पुगेका छन् ।
.gif)