मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु


पश्चिम प्रेस
मंगलबार, असोज १५ २०८१
  • 859
    Shares

  • images
    images
    कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

    कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो (सोमबार) राती गौरीगंगा नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको हो ।

    चौधरी सवार बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मल्ल सवार से ६ प ६२७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस