मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएपछि अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी


पश्चिम प्रेस
मंगलबार, असोज १५ २०८१
  • 747
    Shares

  • images
    images
    यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएपछि अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

    काठमाडौँ । यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको जानकारी दिए।

    सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको उनले बताए।

    सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको उनको भनाई छ। उनले बीचबाटोमै अलपत्र परेका गाडीका चालक र सहचालकले नै पानी र खाना नपाएको गुनासो आएको बताए।


    प्रतिक्रिया दिनुहोस