मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नेपाल वाङमय परिषदको साधारण सभा सम्पन्न


पश्चिम प्रेस
आइतबार, कात्तिक ११ २०८१
  • 758
    Shares

  • images
    images
    नेपाल वाङमय परिषदको साधारण सभा सम्पन्न

    धनगढी । नेपाली वाङमयका क्षेत्रमा कार्य गर्ने उद्देश्यले २०७२सालमा स्थापित नेपाल वाङमय परिषदको तेस्रो साधारण सभा आज कैलालीको  धनगढीमा सम्पन्न भयेको छ ।

    वाङमय प्रतिष्ठानका अध्यक्ष डा पुष्कर राज भट्टको अध्यक्षतामा तथा वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले डा पुष्करराज भट्टको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। नव गठित कार्य समितिमा उपाध्यक्ष बाबुराम आचार्य र  हेमन्ती जोशी, महासचिव कोपिला शर्मा, सचिव दीपसागर पन्त, कोषाध्यक्ष तिलक सिंह, सदस्यहरूमा लक्ष्मी प्रसाद पौडेल, रमेश पन्त मीतवन्धु,  जगदीश ओझा , भुवन बोहरा निस्तेजलाई चयन गर्ने निर्णय गरेको छ। त्यसैगरी सल्लाहकारमा श्रेष्ठ प्रिया पत्थर, गोविन्द शृङ्खला  अर्याल, लछिराम आचार्य,  वसन्त वागचन योगराज आचार्य  सहित ५जनालाई चयन गरेको छ  ।

    बिगत वर्षहरूमा राष्ट्रिय तथा क्षेत्रीय स्तरमा  बिभिन्न १५ बटा साहित्यिक कार्यक्रमहरू सम्पन्न गरि सकेको प्रतिष्ठानले नेपाली बाङमय सम्मान लगायतका ६ वटा राष्ट्रिय स्तरका सम्मान कोष स्थापना गरि सर्जक हरूलाई पुरस्कृत तथा सम्मानित गर्दै आयेको छ।

    बिगतका कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै आगामी दिनहरूमा प्रतिष्ठानले मातृभाषा तथा पुस्तान्तरण लागि युवा प्रतिभा प्रोत्साहनका कार्यक्रम आयोजना गर्ने नीति सहितको संस्थाको बार्षिक नीति तथा कार्यक्रम समेत साधारण सभाबाट पारित गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस