काठमाडौँ । अमेरिकामा मंगलबार राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। ४७औं राष्ट्रपति बन्न कमला ह्यारिस र डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेटिक दलकी ह्यारिस र पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ।
विभिन्न 'चुनावी पोल'हरूले उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ। पोलहरूमा ह्यारिस ट्रम्पबीच झिनो मतान्तर हुने देखिएको छ। दुईबीचको कडा प्रतिस्पर्धा हुनुमा ७ राज्य कारण रहेको एजेन्सीहरूले उल्लेख गरेको छ। नर्थ क्यारोलाइना, मिसिगन, पेन्सिलभेनिया, एरिजोना, विस्कन्सिन, जर्जिया र नेभादा राज्यको मतले यी दुईको मतान्तरमा फरक ल्याउने अनुमान गरिएको छ। यिनै राज्यको 'निर्णायक' मतले अमेरिकाको नयाँ राष्ट्रपति चयन गर्ने विश्लेषकहरूले बताएका छन्।
.gif)