मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा एकै दिन ३० जना जुवाडे पक्राउ


पश्चिम प्रेस
सोमबार, कात्तिक १९ २०८१
  • 378
    Shares

  • images
    images
    कञ्चनपुरमा एकै दिन ३० जना जुवाडे पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा एकै  दिन ३० जना जुवाडे पक्राउ परेका छन्।

    जिल्लाको बेदकोट नगरपालिका–४ बगुनका ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट सहित २० जनालाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई ३६ हजार ९८ रूपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो।

    यस्तै कृष्णपुर नगरपालिका–९ राजघाटस्थित यज्ञबहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर–९ राजघाटका ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो।


    प्रतिक्रिया दिनुहोस