मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा बोकाले हानेर ५ मिटर तल खसेकी भट्टको मृत्यु


पश्चिम प्रेस
सोमबार, कात्तिक १९ २०८१
  • 785
    Shares

  • images
    images
    बैतडीमा बोकाले हानेर ५ मिटर तल खसेकी भट्टको मृत्यु

    बैतडी । बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका(३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो करिब १ बजेतिर स्थानीय दोसिर भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। 

    सोमबार दिउँसो खर काट्न भनि खरबारीमा आएकी पार्वतीलाई एक्कासि छिमेकीको बोका आएर हान्दा उनी करिब ५ सय मिटर तल भीरमा खसेकी थिइन्। 

    बोकाले हानेर ५ मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् । भट्टको घरमा श्रीमान, चार छोरा र चार छोरी छन्।


    प्रतिक्रिया दिनुहोस