काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ ।
रवि लामिछानेको हिरासतको अवधि १० दिन थपिएको छ।
.gif)