सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय


पश्चिम प्रेस
मंगलबार, कात्तिक २० २०८१
  • 453
    Shares

  • images
    images
    ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

    काठमाडौँ । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ।

    उच्च अदालत पाटनको फैसलालाई सर्वोच्चले सदर गरेको हो। मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्चको फैसलालाई सदर गरेको छ। उच्च अदालत पाटनले ५ वर्ष कैद तोकेको थियो।

    मनाङेको समूहले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। गुण्डागर्दी पृष्ठभूमिका मनाङेले गत निर्वाचनमा मनाङ (ख) बाट गण्डकी प्रदेश सभामा सर्वसम्मत निर्वाचित भएका थिए। उनले २०७४ मा पनि मनाङ (ख) बाट निर्वाचित हुँदै संसदीय यात्रामा डेब्यु गरेका हुन्।

    पछिल्लो पटक भदौ १७ मा गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसँगै मनाङेले राजीनामा दिएका हुन्। उनलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट वन मन्त्रालयमा सारेपछि असन्तृष्ट बन्दै राजीनामा दिएका थिए।


    प्रतिक्रिया दिनुहोस