मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दार्चुलामा जात्रा हेर्न गएका युवकको भीरबाट लडेर मृत्यु


पश्चिम प्रेस
मंगलबार, कात्तिक २० २०८१
  • 493
    Shares

  • images
    images
    दार्चुलामा जात्रा हेर्न गएका युवकको भीरबाट लडेर मृत्यु

    दार्चुला ।  दार्चुलामा जात्रा हेर्न गएका युवकको भीरबाट लडेर मृत्यु भएको छ।

    जिल्लाको मालिकार्जुन गाउँपालिका-८ सल्याडीका ३५ वर्षीय शंकर सिंह धामीको कात्तिक १८ गते राति शैल्यशिखर नगरपालिका-६, पनेबाज नजिकै भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

    मृतक धामी मालिकार्जुनको चौड जात्रा हेर्न गएको र हिजो अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा उक्त क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन।

    शवको पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # भीरबाट लडेर
  • प्रतिक्रिया दिनुहोस