सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बाजुरामा भरुवा बन्दुकसहित तीन जना पक्राउ


पश्चिम प्रेस
मंगलबार, कात्तिक २० २०८१
  • 370
    Shares

  • images
    images
    बाजुरामा भरुवा बन्दुकसहित तीन जना पक्राउ

    बाजुरा । बाजुराको गौमुल गाउँपालिका६ सटेडाबाट ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका-१ सलेना बस्ने ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन्।

    गोरेको घरमा अवैध भरुवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेका उक्त बन्दुक फेला पारी गोरे तथा बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरेको हो। 

    भरुवा बन्दुक १० थान र बन्दुकको नाल ३३ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 


    प्रतिक्रिया दिनुहोस