सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

ट्रम्प राष्ट्रपति भएसँगै बढ्यो अमेरिकी डलरको भाउ


पश्चिम प्रेस
बिहीबार , कात्तिक २२ २०८१
  • 978
    Shares

  • images
    images
    ट्रम्प राष्ट्रपति भएसँगै बढ्यो अमेरिकी डलरको भाउ

    काठमार्डाैँ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढेको छ। 

    नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो दर अहिलेसम्मकै उच्च हो।

    मंगलबार भएको चुनावमा कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रोपटक बुधबार अमेरिकाको राष्ट्रपति बनेका हुन्। यद्यपि औपचारिक घोषणा हुन बाँकी छ। 

    राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिद मूल्य भने १३४.५६ रुपैयाँ तोकेको छ। बुधबार १ अमेरिकी डलरको विनिमय दर १३४.८८ रुपैयाँ थियो भने मंगलबार १३४.८९ रुपैयाँ थियो।

     

    यस्तो छ आजको विनिमय दर:-

    bini-22_ocapKiXoda.png
    Exchange rate 


    प्रतिक्रिया दिनुहोस