काठमाडौँ । मंसिर १५ गतेबाट शुरु हुने नेपाल प्रिमियर लिग एनपिएलका प्रतियोगिताका खेलहरू भारतको स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। बिहीबार पोखरा एभेन्जर्सले पोखरामा गरेको पत्रकार सम्मेलनमा टिमका अध्यक्ष सुबोध त्रिपाठीले यसबारे जानकारी गराएका हुन्।
लगानी उठाउने सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले ब्रोडकास्ट राइट्स लगायतका मुख्य प्रायोजकको रकमबाट आधा रकम क्यानले आठवटा टिमलाई भाग लगाउने उल्लेख गरेका हुन्। सोही क्रममा ब्रोडकास्टरको बारेमा पनि उनले खुलाएका हुन्।
नेपाल क्रिकेट संघ र नेपाल प्रिमियर लिगले आधिकारिक रूपमा यसबारे जानकारी गराइसकेको छैन।
पहिलो सिजनका लागि हरेक टोलीको ७ देखि १० करोड रुपैयाँ खर्च हुने नेपाल क्रिकेट संघले बताउँदै आएको छ।
.gif)