सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेका युवकको मृत्यु


पश्चिम प्रेस
आइतबार, मंसिर २ २०८१
  • 499
    Shares

  • images
    images
    डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेका युवकको मृत्यु

    डोटी । डोटीको शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा युवकको मृत्यु भएको छ। 

    दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दिपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ  डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिएको हो। 

    दुर्घटनामा  घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि धनगढी पठाइएको छ। ठक्कर दिने जिप र चालककको खोजी भइरहेको छ।


  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस