बझाङ । सेती नदीमा खस्दा बगेर एक युवतीको ज्यान गएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको बगेर ज्यान गएको हो ।
आइतवार दिउँसो भाँडेबजार सामान पुर्याएर घर फर्किने क्रममा भण्डारीगाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा संगीताको ज्यान गएको स्थानीयले बताएका छन् ।
उनलाई मृत अवस्थामा बगेको ठाउँबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकैबाट उनको उद्दार गरिएको थियोे ।
.gif)