मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र


पश्चिम प्रेस
आइतबार, मंसिर ९ २०८१
  • 725
    Shares

  • images
    images
    एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र

    काठमाडौँ ।  नेकपा एमालेले काठमाडौं महानगरपालिकाले लगेको १ लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ ।

    एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि पार्टी कार्यालयका प्रतिनिधिलेआफैँले सरसफाइ गरेको भन्दै पत्र बुझ्न अस्वीकार गरेका हुन् । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैँ सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने दाबी गरे ।

    एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ ।

    शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेले सभा आयोजना गरेको थियो । तर, फोहोर नउठाएको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो । 


    प्रतिक्रिया दिनुहोस