मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एनपीएल विजेतालाई १ करोड ११ लाख पुरस्कार


पश्चिम प्रेस
शनिबार, मंसिर १५ २०८१
  • 432
    Shares

  • images
    images
    एनपीएल विजेतालाई १ करोड ११ लाख पुरस्कार

    काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपिएल उद्घाटन क्रममा आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार राशि घोषणा गरेको हो। जसअनुसार विजेताले १ करोड १० लाख पाउनेछ भने उपविजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ। यस्तै तेस्रो हुनेलाई ३० लाख र चौथो हुने टोलीलाई २० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ।

    एनपीएलमा जनकपुर र विराटनगरसँगै पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज्, लुम्बिनी लायन्स र कर्णाली याक्स गरी ८ फ्रेन्चाइज टोली सहभागी छन्। 


    प्रतिक्रिया दिनुहोस