शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङको सुर्मा –४ मा काँग्रेसका पुजारा विजयी


पश्चिम प्रेस
सोमबार, मंसिर १७ २०८१
  • 819
    Shares

  • images
    images
    बझाङको सुर्मा –४ मा काँग्रेसका पुजारा विजयी

    बझाङ ।  बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । यस अघि एमालेले जितेको वडामा कांग्रेसले बाजी मारेको हो ।

    पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै पाए । १ हजार ५ सय ५४ मतदाता रहेको यो वडामा एक हजार १ सय ७८ मत खसेको थियो ।
    वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । 

    यसअघि बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।


  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • प्रतिक्रिया दिनुहोस