सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका राज्यमन्त्री बम सवार गाडी भारतमा दुर्घटना


पश्चिम प्रेस
आइतबार, पुस ७ २०८१
  • 652
    Shares

  • images
    images
    सुदूरपश्चिमका राज्यमन्त्री बम सवार गाडी भारतमा दुर्घटना

    महेन्द्रनगर ।  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ ।  

    राज्यमन्त्री बम चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको गाडी आज बेलुका भारतीय कारसँग ठोक्किएको हो । दुर्घटनामा राज्यमन्त्री बम रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

    सामान्य चोटपटक लागेका उहाँको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको सह–प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। उनका अनुसार राज्यमन्त्री बमको अवस्था सामान्य रहेको छ । 

    भारतीय कारसँग ठोक्किएर दुर्घटना भएपछि राज्यमन्त्री बम चढेको गाडीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । 


  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • प्रतिक्रिया दिनुहोस