शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ५ हजार सवारीमाथि कारबाही, ३२ लाख राजस्व सङ्कलन


पश्चिम प्रेस
मंगलबार, पुस ९ २०८१
  • 654
    Shares

  • images
    images
    कञ्चनपुरमा ५ हजार सवारीमाथि कारबाही, ३२ लाख राजस्व सङ्कलन

    महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको हालसम्म ३२ लाख ५ सय राजस्व सङ्कलन गरेको छ । यस्तै, चालु आर्थिक वर्षको हाल सम्म ४ हजार ८४५ सङ्ख्यामा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले जनाएको हो ।
    जसमा २ हजार ५५५ मोटरसाइकल, अटो रिक्सा ६१९, कार जिप ६७३, ट्याक्टर ५७५, ट्रक–टेम्पु २७२ र १४९ मिनिबस कारबाहीमा परेका छन् । 
    चालु आर्थिक वर्षमा ३ सय ४४ जना मापसे सेवन गरेका लाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

    जसमा मोटरसाइकल चालक २ सय ३९ जना र टेम्पु चालक ४८ जना अत्यधिक मापसे सेवन गरेका माथि कारबाही गरिएको हो । 

    ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी हवलदार भूपेन्द्र ठगुन्नाका अनुसार, जिल्लामा चार महिनाको अवधिमा २५ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् भने ७३ जना घाइते भएका छन् । जसमा २ पशुचौँपायाको पनि मृत्यु भएको छ । 

    यस्तै, गत आर्थिक वर्ष २०८०÷८१ मा १२ हजार ४९१ सवारी कारबाहीमा परेका छन् । जसबाट ८० लाख ६ हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवलदार भूपेन्द्र ठगुन्नाले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ५६ सवारी दुर्घटना भएको थियो । सवारी दुर्घटना हुँदा गत आर्थिक वर्षमा ३२ जनाले ज्यान गुमाएका छन् भने ७४ जना घाइते भएका थिए । अघिल्लो आर्थिक वर्षमा पशु चौपाया सँग सवारी ठोक्किँदा ६ चौपायाको मृत्यु भएको थियो भने ५ पशुचौँपाया घाइते भएका थिए । 

    अहिले जिल्लामा ट्राफिक प्रहरी कार्यालयले सडक गस्ती बढाउनुका साथै जनचेतना मूलक कार्यक्रमहरू पनि गर्दे आएको जनाइएको छ । जिल्लामा तालिका अनुसार अलग अलग समयमा विभिन्न स्थानमा मापसे चेक गर्दे आएका ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण पचभैयाले बताए । यसै गरी विद्यालयहरूमा गएर विद्यार्थीहरूलाई सडकमा यात्रा गर्दा बाटो काट्न सिकाउने, एकलाईनमा यात्रा गर्न सिकाउने लगायत जनचेतनामूलक कार्यक्रम पनि गर्दे आएको उनले बताए । 

    यस वर्ष २ सय २ जनचेतनामूलक कार्यक्रमहरू पनि कार्यालयले सञ्चालन गरेको छ । जसमा ११ हजार ९ सय पुरुष र २ हजार ७७ महिला लाभाविंत भएका छन् । 

    जिल्लाको दैजी, गुलरिया क्षेत्रका भित्री सडकहरूमा अत्यधिक सवारी दुर्घटना हुने हुँदा ती क्षेत्रहरूमा ट्राफिक प्रहरीको सक्रियता पनि बढाइएको ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक पचभैयाले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # राजस्व सङ्कलन
  • # सवारीमाथि कारबाही
  • प्रतिक्रिया दिनुहोस