सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा प्रहरी जवानले आफैमाथि तेर्साए बन्दुक, उपचारका लागी कोहलपुर


पश्चिम प्रेस
शनिबार, पुस १३ २०८१
  • 667
    Shares

  • images
    images
    कञ्चनपुरमा  प्रहरी जवानले आफैमाथि तेर्साए बन्दुक, उपचारका लागी कोहलपुर

    महेन्द्रनगर । कञ्चनपुरमा एक प्रहरी जवानले आफैमाथि बन्दुक चलाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रबन्ध शाखामा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौँपानेले शुक्रबार साँझ आफैमाथि गोलि चलाएको बताइएको हो । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार, न्यौँपानेले प्रबन्ध शाखामा हातहतिया मिलाउने क्रममा आफैमाथि गोलि चलाएका थिए । आफैंमाथि गोली प्रहार गरेका न्यौपानेको टाउँकोमा गोली लागेको प्रहरी प्रवक्ता डिएपसी उमेश जोशीले जानकारी दिए । उनका अनुसार, न्याँैपानेको अवस्था स्थित रहेको छ । 

    उनलाई शुक्रबार नै उपचारका लागि धनगढीको नवजीवन अस्पताल लगिएकोमा थप उपचारका लागि कोहलपुुर मेडिकल कलेज लगिएको छ । न्यौपाने बोल्न थालेको प्रहरी स्रोतले जनाएको छ तर उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको छ ।

    अछामको बाटुलासैन स्थायी घर भएका न्यौपानेले प्रबन्ध शाखामा कोही नभएका बेला आफैंमाथि गोली चलाएको कञ्चनपुर प्रहरीले जनाएको छ । गोली चलेको आवाज सुनिएपछि प्रबन्ध शाखामा पुग्दा न्यौपाने गोली लागेको अवस्थामा ढलेका भेटिएका थिए ।

    उनले आफैंमाथि किन गोली चलाए ? भन्ने कुरा खुलेको छैन् । घटनाबारे अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस