सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक विद्यार्थी परिषद्को अध्यक्षमा जोशी नियुक्त


पश्चिम प्रेस
सोमबार, पुस १५ २०८१
  • 832
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक विद्यार्थी परिषद्को अध्यक्षमा जोशी नियुक्त

    महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्राविधिक विद्यार्थी परिषद् (फोट्स) नेपालको अध्यक्षमा लोकेश जोशी नियुक्त भएका छन् । परिषद्को केन्द्रीय प्रतिनिधि रुपमा केन्द्रीय सदस्य ई.रबिन खड्काद्वारा हस्ताक्षरित नियुक्ति पत्र अनुसार जोशीलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो ।

    आइतवार जारी गरिएको पत्रमा खड्काले जोशीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साथै, उनले जोशीले फोट्स नेपालको विधान अनुसार गतिविधि सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् ।

    जोशीले सुदूरपश्चिम विश्वविद्यालयका प्राविधिक विद्यार्थीहरुको प्रतिनिधित्व र हकहितमा काम गर्ने बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस